Dhulikhel Eco Banner new

शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.94K
shares

काठमाडौं, ८ पुस । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.२७ अंकले बढेर २५८४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन् भने पियोर इनर्जीका लगानीकर्ताले ४.२८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, पोखरा फाइनान्सका लगानीकर्ताले २.६८ प्रतिशतका दरले गुमाएका छन् भने बुंगल हाइड्रोका लगानीकर्ताले २.४७ प्रतिशतका दरले गुमाएका छन् ।