Dhulikhel Eco Banner new

बाह्रै महिना पर्यटक आउने वातावरण निर्माण गर्नु पर्छ : मन्त्री श्रेष्ठ

6.71K
shares

काठमाडौं, ३० साउन । पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर पर्ने गरी विकास निर्माणका कार्य हुन नहुने बताएका छन् । मन्त्री श्रेष्ठले सोमवार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन् ।

मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए । उनले वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । विदेशमा रहेका हरेक नेपालीले एक जना विदेशीलाई नेपाल घुम्नका लागि जानु पर्छ भन्ने वातावरण बनाउनु पर्ने पनि बताए ।

सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढीरहेको बताएका मन्त्री श्रेष्ठले ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको समेत बताए । मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने समेत बताए ।