किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा : माइतीघरमा धर्ना र विरोध प्रर्दशन
वि.सं.२०७९ चैत १ बुधवार १४:३६
shares

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा आज काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । बुधबार काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले, मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रर्दशन गरेको हो ।
कार्यक्रममा सहभागिहरुले, बारी त जोतियो मल कहाँ छ ?, मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता ?? लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् । धर्ना कार्यक्रमलार्य सम्बोधनगर्दै, राप्रपा बाग्मति प्रदेश सांसद सुनिल केसीले किसानमाथि राजनीति भइहरेको भन्दै आक्रोस पोखेका छन् ।
उनले भने “किसान भनेको भगवान हो , भोको पेटले सेवा हुदैन, जुन खाद्यान्न हामीले खान्छौ उहाँहरु प्रति नै राजनीति भईरहेको छ । दलाल भगाउ देश जोगाउ किसानलाई साथ देउ । किसानको अनुदानमा सहज तरिकाले किसानलाई मल ल्याउने वातावरण सिर्जना गर्न राप्रपा अहिले मैदानमा उत्रेको छ ।”
सासंद केसीले सरल, सहज र सुपथ मुल्यमा किसानले मल पाउनु पर्नेमा जोड दिदै किसानका समस्या के छन् त्यसलाई सरकारले गम्भीर भएर समाधान गर्नुपर्ने बताएका छन् ।

















