Dhulikhel Eco Banner new

बालुवाटारमा प्रधानमन्त्रीद्वारा तरकारी खेतीको शुभारम्भ

5.5K
shares

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले सो अवसरमा अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको र यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड रहेको बताए ।

‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’

उनले निवास परिसरमा रहेको करेसाबारीमा काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन् । तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयम्सेवकहरुको सहभागीता रहेको थियो ।