Dhulikhel Eco Banner new

सबैको लघुवित्तले दियो बेमौसमी तथा मौसमी तरकारी खेती तालिम

10.34K
shares

काठमाडौं, २३ जेठ । तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मोसमी तथा बेमौसमी तरकारी खेती तालिम दिएको छ ।

संस्थाका ३३ जना सदस्यहरुको सहभागितामा जेठ १७ गतेदेखि १९ गतेसम्म सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७, बयलबासमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षक श्री महेन्द्र मल्लाह, पवन कुमार श्रेष्ठ, दिप कुमार चौधरी, राधे कृष्ण दत्त रहेका थिए ।

करेसाबारीको परिचय, महत्व साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग वाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता, ब्यवसायिक स्किमहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको श्रेष्ठले बताएका थिए । संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई चन्द्रनगर गाउँपालिका—३ कोरियाहीका स्थानीय ब्यवसायिक कृषक श्री मौजे लाल महतोको साढे दुई विघाहामा फैलिएको कृषि फार्म अवलोकन गराईएको थियो । तालिममा सहभागीहरुलाई स्वागत गर्दै तालिमको उद्देश्य बारेमा संस्थाका बर्दिबास मुकामका सुपरीवेक्षण अधिकृत श्री दिप कुमार चौधरीले प्रकाश पारेका थिए ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ ।

संस्थाले २०७९ बैशाख मसान्तसम्ममा ७३ हजार ६०० घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७९ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अरब ५३ करोड ३६ लाख रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब २५ करोड ९७ लाख बचत परिचालन गरेको छ ।