Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा

3.67K
shares

काठमाडौं, १३ पुस । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर बिक्रीमा राखेको छ । १ लाख ७८ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २७० रुपैयाँमा लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। शेयर किन्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नु पर्नेछ।

इच्छुक लगानीकर्ताले आज पुस १३ गतेदेखि पुस २१ गतेभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको शेयर मूल्य खुलाएर बोलपत्र पेश गर्नु पर्नेछ।