Dhulikhel Eco Banner new

माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने

2.87K
shares

काठमाडौं, ४ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) गरी बन्द गर्ने भएको छ। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने जनाएको हो ।

बैंकका अनुसार शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

समायोजनअनुसार चितवनस्थित हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ। त्यसैगरी काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग, खुसीबु शाखा डल्लु शाखासँग, कलंकी शाखा स्वयम्भु शाखासँग, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखासँग तथा ठमेल शाखा दरबारमार्ग शाखासँग समायोजन गरिने बैंकले जनाएको छ।

यस्तै, गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा समायोजन हुनेछ भने मधेश प्रदेशको वीरगञ्ज ९लिंकरोड० शाखा आदर्शनगर शाखामा गाभिने जानकारी बैंकले दिएको छ।

बैंकले शाखा समायोजनलाई सेवा प्रभावकारी बनाउने तथा सञ्चालन व्यवस्थापनलाई थप व्यवस्थित गर्ने रणनीतिका रूपमा अघि बढाइएको जनाएको छ।