Dhulikhel Eco Banner new

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.91K
shares

काठमाडौं, ४ जेठ । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य ८ सयले बढेको हो ।

महासंघका अनुसार आइवार प्रतितोला २ लाख ९४ हजारमा कारोबार भएको सुन सोमवार बढेर प्रतितोला २ लाख ९४ हजार ८ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतवार प्रतितोला ५ हजार ६० रुपैयाँमा कायम भएको चाँदी सोमवार ५ हजार ४० रुपैयाँमा कायम भएको हो ।