Dhulikhel Eco Banner new

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन खुला

1.47K
shares

काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन माग गरेको हो ।

मन्त्रालयका अनुसार ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिले उपयुक्त उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ ।

इच्छुक तथा योग्य व्यक्तिहरूले मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध लिंकमार्फत १० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।