Dhulikhel Eco Banner new

सिभिल बैंकसँग पनि हिमालयन बैंकको मर्जर भाँडियो

5.21K
shares

काठमाडौं, २४ असार । मर्जरमा जाने अन्तिम सम्झौताको तयारीमा रहेका हिमालय र सिभिल बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । हिमालयन र सिभिल बैंकबीच आज मर्जरका बीषमा सम्झौता हुने कार्यक्रम रहेको थियो । तर हिमालयन बैंकले बखेडा गरेपछि अहिलेलाई मर्जर स्थगित भएको हो ।

यस अघि लामो समयसम्म नेपाल इन्भेष्टमेन्ट बैैंकसँग मर्जरको लागि प्रक्रियामा रहे पनि अन्तम चरणमा आएर मर्ज हुन सकेको थिएन । जुन कुरा सिभिल बैंकसँग पनि देखिएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले बखेडा झिकेपछ मर्जर प्रक्रिया भाडिएको सिभिल बैंकका एक सञ्चाललकले बताए । श्रेष्ठले सिभिल बैंकलाई दिने शेयर अनुपातमा बखेडा झिकेपछि मर्जर स्थगित भएको ति सञ्चालकको भनाइ छ ।

हिमालयनले सिभिललाई प्रति कित्ता ८१ रुपैयाँका दरले गाभ्ने सहमति भएको थियो । त्यही सहमति अनुसार, मर्जरका लागि औपचारिक सम्झौता गर्ने मिति र समय तय गरिएको थियो । तर, यो बीचमा हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले इन्भेष्टमेन्ट बैंकमा गरेजस्तै बखेडा झिके पछि अहिले दुई बैंकबीचको मर्जर प्रक्रिया भाडिन पुगेको स्रोतले जनाएको छ ।

मर्जरपछि नाम हिमालयन बैंक रहने, सञ्चालक समिति हिमालयन बैंककै हुने, प्रमुख कार्यकारी अधिकृत पनि हिमालयन बैंकले नै पाउने, सिभिल बैंकका प्रमुख कार्यकारीलाई वरिष्ठ डेपुटी प्रमुख कार्यकारी दिइने सहमति भएको थियो । सबै कुरा मिलेपछि श्रेष्ठले अख्तियार दूरुपयोग अनुसन्धान आयोग प्रयोग गरेर कर्मचारी सञ्चय कोषमार्फत मर्जर भाँडेका बाडेको आरोप लागेको छ ।

इन्भेष्टमेन्ट बैंकसँगको मर्जर पनि श्रेष्ठले अख्तियार प्रयोग गरेर भाँडेका आरोप लागेको छ । इन्भेष्टमेन्टसँग मर्जर भाँडिएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई विभिन्न कारबाही समेत गरेको छ । साथै वर्ष दिनभित्र अर्को संस्था खोजेर मर्जर गर्न निर्देशन दिएको थियो ।