सिद्धार्थ बैंकको निक्षेपमा १० गुणा प्रतिफल दिने योजना
वि.सं.२०७९ साउन ३ मंगलवार ०८:३४
5.43K
shares
shares

काठमाडौं, ३ साउन । सिद्धार्थ बैंकले निक्षेपमा १० गुणा प्रतिफल पाईने योजना ल्याएको छ । बैंकले ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ योजना अन्तरगत उक्त योजना ल्याएको जनाएको छ ।
उक्त खाता न्यूनतम १० हजार रुपैयाँ जम्मा गरेर खोल्न सकिने बैंकको भनाई छ । बैंकले तोकिएको समय पछि साँवा रकमको २ देखि १० गुणासम्म प्रतिफल पाउने बैंकले बताएको छ ।
तेस्तै, साँवा रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा, शतप्रतिशत क्रेडिट कार्ड सुविधा, क्रेडिट कार्ड जारी गदा निशुल्क लगाएतका सुविधा रहेको बैंकले बताएको छ ।

















