Dhulikhel Eco Banner new

सम्पत्ति शुद्धीकरणको जोखिम बढ्यो : गभर्नर अधिकारी

5.5K
shares

काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा सम्पती शुद्धीकरणको जोखिम बढेको बताएका छन् । बुधबार संघीय संसदको अर्थ समितिमा सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयास, लागु भएका कानून र मापदण्ड, नेपालको प्रतिवद्धता र आवश्यक नीति, कानून साथै संरचना निर्माणको अवस्थाका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा गभर्नर अधिकारीले देशलाई भ्रष्टाचार बढेकाले सम्पती शुद्धीकरणको जोखिम बढेको बताएका हुन् ।

‘हामीले विदेशी संस्थालाई देखाउनभन्दा पनि आफू बलियो बन्न अवैध आर्जनलाई कानुनी दायरामा ल्याउनबाट रोक्नु पर्छ,’ उनले भने । नेपालले सन् २०१४ मा गरेको प्रतिवद्धता अनुसार काम गर्नु पर्ने गभर्नर अधिकारीको भनाइ थियो ।

गभर्नर अधिकारीले नेपालले विगतमा गरेका प्रतिवद्धताअनुसार कानुन संशोधन नभएकाले नेपाल प्राविधिकरुपमा खैरो सूचीमा पर्ने जोखिम रहेको पनि बताए । कार्यक्रममा गभर्नर अधिकारीले सन् २०१० मा नेपाल खैरो सुचिमा पर्दा अमेरिकामा बैंक खाता खोल्न समस्या भएको स्मरण गराएका थिए । खैरो सूचीमा पर्दा कुनै पनि देशमा अन्तराष्ट्रिय अनुगमन बढ्नुको साथै, अन्तर्राष्ट्रिय बैंकिङ्ग कारोबारमा अवरोध सिर्जना हुन्छ ।