Dhulikhel Eco Banner new

बेटिङ र ग्याम्ब्लिङ गरेमा वालेट र बैंक खाता नै रोक्का हुने

8.27K
shares

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा तथा बाजी (बेटिङ र ग्याम्ब्लिङ) लगायतका गैरकानूनी कार्यमा संलग्न भएको पाइएमा बैंक खाता था वालेट रोक्का जर्ने चेतावनी दिएका छ । राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजी (बेटिङ र ग्याम्ब्लिङ) लगायतका गैरकानूनी कार्यहरुमा संलग्न नहुन आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।

जुवा तथा बाजीजन्य कार्यहरु गैरकानूनी रहेको भन्दै राष्ट्र बैंकले यस्तो प्रकृतिको कारोबार कोही कसैबाट पनि नगर्न÷नगराउनु सूचित गरेको छ । केन्द्रीय बैंकले मंगलबार सूचना जारी गरेर विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति÷समुह÷ संस्थालाई कानूनी कारबाही हुने र बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु समेत रोक्का गरिने चेतावनी दिएको हो ।

राष्ट्र बैंकबाट इजाजत/अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजी लगायतका कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । यस्तो कार्यमा कुनै पनि व्यक्ति संलग्न भएको जानकारी भएमा राष्ट्र बैंकमा फोन तथा इमेल मार्फत जानकारी गराउन पनि सूचनामा भनिएको छ ।