Dhulikhel Eco Banner new

बाढी प्रभावितलाई एनभिडियाका सीईओको डेढ अर्ब सहयोग, राहत कोषमा १० अर्ब जुट्यो

923
shares

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी ‘एनभिडिया’ (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपहिरो प्रभावितका लागि डेढ अर्ब रुपैयाँभन्दा बढी (१ करोड अमेरिकी डलर) आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशी जलाधारसहितका क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माण तथा उद्धारका लागि उनले उक्त रकम सीधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्। विपद् व्यवस्थापनका लागि कुनै पनि अन्तर्राष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त यो हालसम्मकै ठूलो सहयोगमध्ये एक हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक भिडियो सन्देश जारी गर्दै सहयोग रकम प्राप्त भएको पुष्टि गरेका छन्। एनभिडियाका सीईओ हुआङलाई सरकारको तर्फबाट विशेष धन्यवाद दिँदै अर्थमन्त्री वाग्लेले यस उदाहरणीय कदमले विपद्को घडीमा अन्य दाताहरूलाई पनि मानवीय सहयोग गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार हुआङको यो ऐतिहासिक सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने रकमको आकार १० अर्ब रुपैयाँ नाघेको छ। कोषमा संकलित यो रकम मुख्यगरी रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित जिल्लाहरूमा तत्काल राहत वितरण, घरबारविहीनको पुनर्स्थापना र भत्किएका पूर्वाधारको पुनर्निर्माणमा पारदर्शी रूपमा परिचालन गरिने सरकारले जनाएको छ।