GBIME

१४ बैंकको साधारण सभा पुसमा, तीन वटाले लाभाशं वितरण गर्न नपाउने

1.07K
shares

काठमाडौं, ११ पुस । पुस महिनामा विभिन्न १४ वटा बैंकले आफ्नो साधारण सभा बोलाएका छन् । साधारण सभा बोलाएका बैंकहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् ।

साधारण सभा बोलाएका केही बैंकहरुमध्ये अधिकाशंका मुख्य एजेण्डा लाभांश पारित गर्ने रहेको छ । केहीले भने लाभांश विरतण गर्ने बताइसकेको छन् । लाभांश वितरण गर्ने बैंकमा एनआईसी एशिया, लक्ष्मी र माछापुच्छ्रे बैंक रहेका छन् । यी बैंकले आफ्ना शेयरधनिहरुको हात खाली बनाउने भएका हुन् ।

साधारण सभा बोलाएका बैंकहरुमध्ये सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा पुस १४ गते अयोजना हुँदैछ । बैंकको यो १२ औं साधारण सभा हो । त्यस्तै एनएमबि बैंकले २७ औँ साधारण सभा सभा पुस २५ गते हुने मिति तोकिएको छ । बैंकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजाने भएको छ ।

यता नेपाल एसबिआई बैंकको साधारण सभा पनि पुस २५ गते नै हुने छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आफ्नो सभामा लैजाने छ । शभाले पास गरेपछि शेयर धनीले बोनस पाउने छन् । बैंकले पुस १२ गतेसम्म कायम रहेका शेयरधनीहरुले लाभांश पाउने जनाएको छ ।

बोनस वितरण गर्ने बताएको लक्ष्मी बैंकको २२ औँ साधारण सभा पुस २८ गते बोलाएको छ । यो सभामा मर्जरमा जाने विषय मुख्य एजेण्डा रहेने बताइएको छ । त्यस्तै १५ औँ साधारण सभा आयोजना गर्न लागेको प्राइम कमर्सिलय बैंकले यहि पुस २८ गतेका लागि मिति तोकेको छ । जुन सभामा आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्ने छ ।

त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा पनि २८ गते नै आयोजना हुदैछ । जसमा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव मुख्य एजेण्डा रहेन बताइएको छ । हिमालयन बैंकले ३० औै साधार सभा पुस २८ गते नै आयोजना गर्दै छ । बैंकले मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै सिभिल बैंकको साधारण सभा पनि पुस २८ गते नै आयोजना हुँदै छ । सिभिल बैंक १२ औं साधारण सभा अमृतभोग, कालिकास्थान, काठमाडौं पुस २८ गते ११ बजेका लागि सभा बोलाएको छ । बैंकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने र हिमालयन बैंकले प्राप्ति गर्ने प्रस्ताव लैजाने भएको छ । बैकले पुस १९ गतेका लागि बुक क्लोज गर्ने भएको छ । १८ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिद्धार्थ बैंकको २१ औँ साधारण सभा पनि त्यहि दिन २८ पुसमा नै हुदैछ । वार्षिक साधारण सभामा बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १२.५० प्रतिशत शेयर बोनस र ०.६६ प्रतिशत नगद लाभांश दिने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव रहेको छ ।

त्यस्तै नबिल बैंकले ३८ औ साधारणसभा पुस २९ गतेका लागि बोलाएको छ । बैंकले सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १८.५० प्रतिशत शेयर बोनस र ११.५० प्रतिशत नगद लाभांश, अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग गाभ्ने–गाभिने प्रस्तावमा छलफल गर्ने छ ।

एनआईसी एशिया बैंकले २५ औँ बार्षिक साधारण सभा पनि पुस २९ गते नै आयोजना हुँदैछ । यो बैंकले यो वर्ष लाभांश दिन नपाउने भएको छ । अर्को सरकारी स्वामित्वको बैंक नेपाल बैंकले ६२ औँ साधारण पनि पुस २९ गतका लागि बोलाएको छ । सभामा आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट २ प्रतिशत शेयर बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

माछापुच्छ्रे बैंकको २४ औँ साधारण सभा पनि पुुस २९ गतेका लागि बोलाएको छ । शेयरधनीको हात खाली बनाएको बैंकले सभामा लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने एजेण्डा तय गरेको छ ।