एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबीएल टच २४ मार्फत स्मार्ट क्यु आर भुक्तानी सेवा सुरु
वि.सं.२०७९ चैत ३० बिहीवार २०:४६
shares

काठमाडौं, ३० चैत । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप EBL Touch 24 मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप EBL Touch 24 प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।
एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले बैंकिङ्ग एप EBL Touch 24 एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन भने बैंकिङ्ग एप EBL Touch 24 मार्फत बिभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।
इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने छ । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने बैंकको विश्वास छ ।
पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । साथै देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।



















