Dhulikhel Eco Banner new

लघुवित्तको ऋण मिनाह गर्नुपर्ने माग राख्दै अनसन बस्ने तयारीमा मनिराम

16.63K
shares

काठमाडौं, १४ वैशाख । वैशाख १७ गतेदेखि माइतीघर मण्डलामा अनसन बस्ने तयारीमा रहेको भन्दै लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आज एक विज्ञप्ती जारी गरेको छ । लघुवित्त संस्थाहरुले शोषण गरे भन्दै समितिले उक्त्त विज्ञप्ती जारी गरेको हो ।

५ बुँदे माग राख्दै आफ्नो माग सुनुवाई नगर्दा सम्म आन्दोलन जारी रहने समेत विज्ञप्तीमा उल्लेख छ । गत चैत २ गते ५ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाइएको उक्त मागको बेवास्ता भएपछि माग सुनवाइ गर्न अनसन बस्न लागेको समितिका अध्यक्ष मनिराम ज्ञावालीले बताएका छन् ।

उक्त विज्ञप्तीमा लघुवित्त संस्था खारेजका साथै संस्थाको ऋण मिनाहा गर्नुपर्ने माग समेत समितिले राखेको छ ।