Dhulikhel Eco Banner new

एक हप्तामै बैंकबाट निकालियो ३ अर्ब रकम

7.18K
shares

काठमाडौं, ४ जेठ । नेपालका विभिन्न बैंकहरुबाट एक हप्ताको अवधिमा तीन अर्ब रपैयाँ बाहिरिएको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार वैशाख २३ गते देखि ३० गतेसम्मको अवधिमा तीन अर्ब रुपैयाँ बाहिरिएको हो ।

संघको तथ्यांक अनुसार वैशाख २३ गतेसम्म नेपालका ‘क’ वर्गका बैंकहरुमा ४३ खर्ब ७३ अर्ब रुपैँया निक्षेप भएकोमा ३० गतेसम्म आइपुग्दा यो रकम ४३ खर्ब  ७० अर्बमा झरेको छ । यसरी हेर्दा चुनावको मुखैमा बैंकबाट ३ अर्ब रुपैयाँ बाहिरिएको देखिन्छ । तथ्यांक अनुसार चैत मसान्तसम्म बैंकहरुमा ४३ खर्ब ८९ अर्ब रकम निक्षेप थियो । वैशाख लागेसँगै बैंकबाट रकम बाहिर जानेक्रम बढेको देखिएको छ ।

वैशाखको पहिलो साता ४३ खर्ब ७७ अर्ब रकम बैंकमा निक्षेप रहेको थियो । त्यस पछि भने बैंकबाट बाहिरिने रकम लागता रुपमा बढेको देखिन्छ । वैैशाख पहिलो हप्तादेखि वैशाख मसान्तसम्मको तथ्यांक हेर्ने हो भने मात्रै पनि ७ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएको देखिएको छ ।

त्यस्तै स्थानीय चुनावको समयको एक साताको अवधिमा ऋण लागानी समेत घटेको देखिएको छ । वैशाख २३ गतेसम्म ४१ खर्ब ९३ अर्बको कर्जा प्रवाह गरेका बैंकहरुले वैशाख ३० गतेसम्मको एक हप्ताको अवधिमा यो रकम घटेर ४१ खर्ब ९१ अर्ब कायम भएको छ । यसरी हेर्दा स्थानीय चुनाव भएको एक हप्ताको अवधिमा बैंकहरुले प्रवाह गर्ने कर्जा पनि २ अर्बले घटेको देखिएको छ ।