Dhulikhel Eco Banner new

नबिल र नेपाल बंगलादेश बैंकले बोलाए विशेष साधारण सभा

7.38K
shares

काठमाडौं, ६ जेठ । मर्जरमा जाने तयारी गरिरहेका दुई ठूला बैंकहरुले विशेष शाधारण सभा बोलाएका छन् । मर्जरमा जाने सहमति भएका नविल र नेपाल बंगलादेश बैंकले विशेष साधारण सभा बोलाएका हुन् ।

यि दुई बैंक मर्जर रोक्नका लागि परेको मुद्दा बिहीबार फिर्ता भएको थियो । मुद्दा फिर्ता भएपछि मर्जको बाटो खुलेको थियो । सोही अनुसार भोली (शनिबार) यि बैंकहरुले विशेष साधारण सभा बोलाएका हुन् ।

दुवै बैंकले शनिबार एकै समयमा साधारण सभाको आयोजना गरेका छन् । नबिल बैंकले सिल्भर ओक ब्याक्वेटमा विहान ११ बजे विशेष साधारण सभा बोलाएको छ भने नेपाल बैंगलादेश बैंकले सोही समयमा नेपाल आर्मीको अडिटोरीयम हलमा विशेष साधारण सभा बोलाएको छ । त्यस्तै भौतिक रुपमा उपस्थित हुन नसक्ने शेयर धनीहरुका लागि भर्चुअल माध्यमबाट विशेष साधारण सभामा सहभागिता हुने व्यवस्था मिलाइएको बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।