Dhulikhel Eco Banner new

सिद्धार्थ बैंक ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’अवार्डबाट सम्मानित

9.61K
shares

काठमाडौं, ७ जेठ । सिद्धार्थ बैंक लिमिटेड बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१ुअवार्ड बाट सम्मानित भएको छ ।
विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फिनान्स कर्पाेरेशन (आईएफसी) द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।

आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।

आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो ।

उक्त अवार्ड शुक्रबार का दिन एक विशेष कार्यक्रममा आईएफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरिएको हो ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ