Dhulikhel Eco Banner new

लघुवित्तका ऋणीहरुको अराजकता बढ्दो, हुँदै नभएको लघुवित्तको नाममा आन्दोलन

18.16K
shares

काठमाडौं, १४ साउन । हिजोआज लघुवित्तका ऋणीहरु, बचतकर्ताहरु आन्दोलनमा रहेका छन् । लघुवित्त संस्था खारेज गर्न र ऋण मिनाह गर्न लागि परेका पीडितहरुले एक लघुवित्त विरुद्धको संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका हुन् ।

पछिल्लो समय लघुवित्त विरुद्धको संघर्षको नाउँमा विभिन्न अराजकता बढिरहेको छ । सबै प्रदेशमा आन्दोलन गरेर राजधानी आइपुगेका लघुवित्त पीडितहरु हाल माइतीघरमा अमरण अनसन बसिरहेका छन् भने कयौ मानिसहरु कराउँदै रोडमा उत्रिएका छन् । शुक्रबार हामी एक भिडियो रिपोटिङका लागि माइतीघर मण्डला पुग्छौं । त्यतिका मानिसहरुको भिडमा कोही रुँदै छन् कोही कराउँदै ।

हाम्रो हातमा क्यामेरा र बुम देखेपछि चितवन घर भएका आयुस शर्मा आफु मिडियामा बोल्न चाहेको बताउँदै बोल्न खोज्छन् । काठमाडौंमा बसेर ब्याजलर पढ्ने बताउँने उनी हामीसँग कुराकानी गर्दै सौराह लघुवित्तले आफ्नो परिवारलाई ठगेको बताउँछन् । उनले बताएको लघुवित्तको नाम अनौठो छ । उनले नाम लिएको संस्था हालसम्म कुनै छैन ।

‘सौराह लघुवित्तले ठगेको हो राष्ट्र बैंकले इजाजत दिएको छ भनेर नै मेरो आमाबुबाले कारोबार गर्नुभएको’ उनले भने,‘ साढे ४ लाख रुपैयाँ ठगेको छ’ । उनले यसरी मानिसहरु सडकमा उत्रिनु नराम्रो रहेको बताउँदै उनले भने,‘सरकारले जनतालाई खुशी बनाउँन नसके सरकार ठूलो हुँदै हुँदैन’ । उनले राष्ट्रले नै यसमा पैसा राख्दा सुरक्षित छ भनेको ठाउँमै पैसा रुाख्दा पनि यस्तो अवस्था आएको बताउँदै सरकारले माग पुरा नगरे जे पनि गर्न सक्ने बताएका छन् ।

उनले आफुहरुको कुरा सरकारले सुन्नेमा आशावादी रहेको बताए ।

त्यस्तै यस विषयमा प्रतिक्रिया दिँदै लघुवित्त बैकर्स संघका महासचिव राम बहादुर यादव पनि सौराह लघुवित्त हालसम्म नभएको बताउँछन् । उनले भने,‘ मैले सौराह भनेको ठाउँको नाम सुनेको छु तर लघुवित्त छैन ।’