Dhulikhel Eco Banner new

माछापुच्छ्रे बैंकको नाफा बढ्यो, चुक्ता पूँजी ११ अर्ब ६२ करोड

4.58K
shares

काठमाडौं, १७ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो ।

बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ भने बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ ।