Dhulikhel Eco Banner new

एनआईसी बैंकद्वारा कैलालीको विद्यालयमा पुस्तकालय भवन निर्माण

5.12K
shares

कैलाली, २० पुस । एनआईसी एशिया बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण गरिदिएको छ ।

बैंकले सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्य लिएको छ । सोही उद्देश्य स्वरुप कैलालीमा पुस्ताकलय बनाएको बैंकले जनाएको छ ।

पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे बताउँछन् ।

पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देबेन्द्र प्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी र जोशीपुर शाखा प्रबन्धक उजिर सिंह भण्डारीलगायतको उपस्थितिमा उद्घाटन भएको थियो ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले कुलजनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिएको बैंकले जनाएको छ ।

बैंकले २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व बुझाउन बैंक सफल भएको छ ।