Dhulikhel Eco Banner new

धरान उत्सवको निम्तो अस्वीकार गरेपछि प्रधानमन्त्रीको तस्बिर हटाइदिए : मेयर साम्पाङ

5.49K
shares

प्रधानमन्त्री पुष्प कमल दाहालले धरान उत्सवको प्रमुख अतिथिका रुपमा आउन अस्वीकार गरेपछि आफ्नो कार्यकक्षबाट तस्विर हटाएको धरान उपमहानगरपालिकाका मेयर अर्क साम्पाङले बताएका छन् ।

आफू र उपमेयर आइन्द्रविक्रम बेघाले दिएको निम्तो अस्वीकार गरेर प्रधानमन्त्री दाहालले धरानलाई हेपेपछि कार्यकक्षबाट तस्बिर हटाइदिएको उनले बताएका थिए।

साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्विर राखेका छन्।

‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र? कदापि गर्दिनँ?’, हर्क साम्पाङले भने, ‘दलविहीन भए पनि म जनताले जिताएको मान्छे हो। मैले प्रधानमन्त्रीलाई गएर निम्तो दिएँ तर म स्वतन्त्र भएकाले उहाँ यहाँ आउन मान्नु भएन।’

प्रधानमन्त्री आउन नमानेपछि मेयर साम्पाङले शुक्रबारदेखि सुरू भएको ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बोलाएका थिए ।