Dhulikhel Eco Banner new

दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

364
shares

काठमाडौँ, ८ भदौ । सोमवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ । २२९ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २३ करोड कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.६७ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबी सुलभ लगानी कोष – २का लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ७.७६ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल लाइफ समृद्धि लगनी योजनाका लगानीकर्ताले ५.४६ प्रतिशतका दरले गुमाएका छन् ।