दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ ८ सोमवार १५:१२
shares

काठमाडौँ, ८ भदौ । सोमवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ । २२९ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २३ करोड कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ११.९८ प्रतिशतका दरले कमाएका छन् भने सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.१४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सयपत्री जलविद्युत लिमिटेडका लगानीकर्ताले ६.२७ प्रतिशतका दरले कमाएका छन् भने १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले कमाएका छन् ।















