शेयर बजारमा ३ अर्ब २३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ भदौ ८ सोमवार १५:२७
286
shares
shares

काठमाडौँ, ८ भदौ । शेयर बजारमा ३ अर्ब २३ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको १२ करोड ७२ लाखको कारोबार भएको हो ।
यसदिन सोलु हाइड्रोपावर लिमिटेडको ११ करोड ८८ लाखको कारोबार हुँदा साहस ऊर्जा लिमिटेडको १० करोड ६५ लाखको कारोबार भएको छ ।
त्यसैगरि रिडी पावर कम्पनी लिमिटेडको ९ करोड ४ लाखको कारोबार हुँदा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७ करोड ५६ लाख रुपैयाँ कारोबार भएको छ ।















