सांग्रिला डेभलोमेनट बैंक र अपोलो अस्पताल बिच सम्झौता
वि.सं.२०८१ जेठ ६ आइतवार १७:४१
shares

काठमाडौं, ६ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा आजको मिति २०८१/०२/०६ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो सूचना केन्द्र को प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुप को उपाध्यक्ष श्री अभिषेक दुगरले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा समेत जानकारी गराइन्छ ।


















