Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बढ्यो नाफा

2.99K
shares

काठमाडौं, २१ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।

बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ।