Dhulikhel Eco Banner new

असोजमा पनि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, हेर्नुस कुन बैंकको कति ?

3.8K
shares

काठमाडौं, ३१ भदौ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले निक्षेपको ब्याजदर झनै घटाएका हुन् ।

भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३० प्रतिशतमा झरेको छ । २० वटा वाणिज्य बैंकमध्ये ९ ओटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका हुन् । आठ वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् । छन् ।

हेर्नुस कुन बैंकको कति ब्याजदर:

बैंक भदौको ब्याजदर प्रतिशतमा असोजको ब्याजदर प्रतिशतमा
एनआइसी एशिया ७.४१ ७.१८
स्टाण्डर्ड चार्टर्ड
माछापुच्छ्रे
हिमालयन
नबिल ६.७५
एनएमबी ७.४१ ६.५०
लक्ष्मी सनराइज ६.५० ६.५०
इन्भेष्टमेन्ट मेगा ६.५० ६.५०
सिद्धार्थ ६.५० ६.५०
सिटिजन्स ६.७५ ६.४०
ग्लोबल आइएमई ६.२५ ६.२५
प्राइम ६.७५ ६.२५
प्रभु ६.१० ६.१०
कृषि विकास ६.०६ ६.०७
कुमारी ६.७१ ६.०१
राष्ट्रिय वाणिज्य ६.०७
नेपाल एसबीआई ६.२५
एभरेष्ट ६.१०
नेपाल ५.२५ ५.९५
सानिमा ६.२० ५.९०