नबिल बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ असोज २ बुधवार १२:५७
shares

काठमाडौं, २ असोज । नबिल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ रहेको छ । इच्छुक आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटमा पुग्ने गरी असोज १६ गतेसम्म आवेदन दिनुपर्नेछ ।
उक्त शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति, कम्पनी तथा संगठित संस्थाले आवेदन दिन पाउनेछन् ।



















