Dhulikhel Eco Banner new

ग्लोबल आईएमई बैंकको नाफा २३ प्रतिशत बढ्यो

2.48K
shares

काठमाडौं, ७ कात्तिक। ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५१ करोड खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ भने यस्तो आम्दानी ४ अर्ब ८० करोड रहेकोमा अहिले ४ अर्ब ११ करोडमा खुम्चिएको छ । बैंकको यस्तो प्रोभिजन रकम पहिले १ अर्ब ७८ करोड रहेकोमा अहिले १ अर्ब ७ करोडमा झरेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा छ । त्यस्तै वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा बढेर ४.६७ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।