नबिल बैंकको लाभांश घोषणा
वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:५१
shares

काठमाडौं, १४ कात्तिक । नबिल बैंकले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले शेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बैंकले यो पटक घोषणा गरेको लाभांश हालसम्मकै न्यून हो । बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष ११।. प्रतिशत नगद र १८.५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।
बैंकको शेयरहोल्डरले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।

















