बैंकका ग्राहकको पहिचान गर्न राष्ट्र बैंकले छुट्टै निकाय बनाउने
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार १६:४८
shares

काठमाडौं, ३० कात्तिक । बैंक, वित्तीय संस्थाका ग्राहकहरूको पहिचानसम्बन्धी सूचना आदानप्रदान गर्नका लागि छुट्टै संरचना बन्ने भएको छ । कर्जा सूचना केन्द्रकै मोडलमा छुट्टै संस्था निर्माण गरी त्यसैमार्फत ग्राहक पहिचानको सूचना आदानप्रदान गर्ने राष्ट्र बैंकको तयारी छ ।
हाल सर्वसाधारणले आफ्नो खाता भएका बैंकहरूमा फरकफरक ग्राहक पहिचान ९केवाईसी० विवरण बुझाउनु पर्छ । अब ग्राहक पहिचान प्रणाली स्थापना भएपछि सर्वसाधारणका सूचनाहरू उक्त प्रणाली सञ्चालनले अद्यावधिक हुने र एउटा बैंकमा बुझाएको केवाईसीले अरु बैंकको लागि काम गर्न सक्ने बताइएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिमा केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) निर्माण गर्ने घोषणा गरेका थिए । त्यहीअनुसार अहिले उक्त प्रणालीको सञ्चालन कसरी गर्ने भन्ने बारेमा अन्तिम चरणको छलफल भइरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

















