नेपाल एसबीआई बैंकको लाभांश घोषणा
वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५०
shares

काठमाडौं, १९ मंसिर । नेपाल एसबीआई बैंकले शेयरधनीलाई १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुल १०.६५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमा ३.८ प्रतिशत बोनस शेयर र करसहित ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको शेयर मूल्य हाल प्रतिकित्ता ४६३ रुपैयाँ छ । कम्पनीले यसअघि ६.८ प्रतिशत नगद र ३.७५ प्रतिशत बोनस शेयर दिएको थियो ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।














