सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर १९ बुधवार ११:०१
2.65K
shares
shares

काठमाडौं, १९ मंसिर । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बुधबार १ सयले बढेर तोलामा १ लाख ५० हजार ४ सय रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८६५ रुपैयाँमा कायम भएको छ ।














