Dhulikhel Eco Banner new

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमलराज गौतम नियुक्त

3.39K
shares

काठमाडौं, १९ मंसिर । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमलराज गौतम नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको कम्पनी बैठकले वित्तीय क्षेत्रका अनुभवी गौतमलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय क्षेत्रमा दुई दशक अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन। हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला गौतमले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिसकेका अनुभवि व्यक्ति हुन् । उनी कम्पनीका कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै समुहमा उत्कृष्ट नतिजा दिन सक्ने क्षमता भएका व्यक्ति हुन् ।

कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन पश्चात कम्पनीका महाप्रबन्धक डोरिन्द्रराज दाहालले निमित्त कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी बहन गरेका थिए ।