Dhulikhel Eco Banner new

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

2.73K
shares

काठमाडौं, ३ पुस । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलबार बैंक सञ्चालक समितिको बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.०५२७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको गत आवको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस दिने घोषणा गरेको हो । यो भनेको ३ करोड ९ लाख ७६ हजार ५ सय १५ रुपैयाँ बराबर बोनस शेयर वितरण गरिने छ ।

सोही मुनाफाबाट कर प्रयोजनका लागि ०.३०२७ प्रतिशतले हुन आउने १६ लाख ३० हजार ७ सय ११ रुपैयाँ नगद लाभांश दिइने छ ।