कामना सेवा विकास बैंकमा रोजगारीको अवसर
वि.सं.२०८१ चैत २८ बिहीवार १२:३६
shares

काठमाडौं, २८ चैत । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, लेगल डिपार्टमेन्टका लागि केही, डिजिटल अपरेसन डिपार्टमेन्टका लागि केही, डिपोजिट एन्ड ट्रान्जेक्सन बैंकिङका लागि केही, ब्रान्च म्यानेजरका लागि केही र सर्भिस म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
आवेदन दिने इच्छुक नेपाली नागरिकहरूले तोकिएको योग्यता पूरा गर्नुपर्नेछ र आवश्यक कागजातसहित आवेदन वैशाख १० गतेभित्र पेश गर्नु पर्नेछ।
बैंकले यी पदहरूको लागि योग्य उम्मेदवारहरूलाई आवेदन दिनको लागि स्पष्ट निर्देशन र प्रक्रिया तय गरेको छ। इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइटमा गएर थप जानकारी प्राप्त गर्न सक्नेछन्।


















