ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ वैशाख २५ बिहीवार १०:१५
shares

काठमाडौं, २५ वैशाख । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको शेयर सर्वसाधारणले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ताको विवरण खुलाएर निवेदन दिन आग्रह गरेको छ।
बैंकले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीद प्रस्ताव गरिसकिएको जनाएको छ। साथै शेयर खरीदकर्ता सर्वसाधारण संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ।

















