प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ वैशाख २५ बिहीवार १०:५९
2.9K
shares
shares

काठमाडौं, २५ वैशाख । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार तोलामा १ लाख ९१ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ६ सयले बढेर तोलामा १ लाख ९२ हजार ६ सयमा कायम भएको छ ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । बुधवार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार घटेर १ हजार ९५५ रुपौयाँमा कायम भएको छ ।

















