Dhulikhel Eco Banner new

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा ईवा नियुक्त

2.85K
shares

काठमाडौं, १४ जेठ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले टेक नन्द ईवा (लिम्बु)लाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

ईवाको नियुक्ति यसअघि पदमा रहेका स्वतन्त्र सञ्चालक मनोज कुमार आचार्यको राजीनामापछि भएको हो। आचार्यले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। बैंक सञ्चालक समितिको मंगलवार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो।

नयाँ सञ्चालक ईवाले बैंकको सुशासन तथा रणनीतिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ।