सिन्धु विकास बैंकले लाभांश नदिने
वि.सं.२०७९ असार ८ बुधवार ०८:५०
5.24K
shares
shares

काठमाडौं, ८ असार । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकले २०७६/७७ को नाफाबाट पनि लाभांश वितरण गरेको थिएन ।
बैंक सञ्चालक समितिको असार ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही कारण यसपटक पनि बैंकका शेयरधनीको हात खाली हुने भएको छ । सिन्धुले पछिल्लो पटक आर्थिक वर्ष २०७५/७६ मा ११.४९५ बोनस सेयर र कर तिर्न ०.६५ नगद लाभांश वितरण गरेको थियो ।


















