कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपकर्ताको रकम दुरुपयोग गर्नेको फर्जी हकप्रद शेयर खारेज
वि.सं.२०८२ मंसिर ४ बिहीवार १३:०१
shares

काठमाडौं, ४ मंसिर । कर्णाली डेभलपमेन्ट बैंकले शेयर पुँजी घटाउने भएको छ । अवैधानिक रूपमा चुक्ता भएको शेयर पुँजी घटाउने भएको हो । बैंकका संस्थापक तथा पूर्वअध्यक्षहरू पशुपति दयाल मिश्र, राजेन्द्र वीर राय लगायतले हकप्रद सेयर किन्न निक्षेपकर्ताको रकम दुरूपयोग गरेकाले यस्तो कदम उठाइएको हो ।
हकप्रद सेयर खरिद गर्दा निक्षेपकर्ताको रकम प्रयोग गरिएकाले रकम चुक्ता नगर्नेको शेयर लगत खारेज गरी चुक्ता पुँजी घटाउन लागिएको हो ।
शेयर खारेजसँगै शेयरधनीको स्वामित्व संरचना पनि उल्लेखनीय रूपमा घट्ने भएको छ । संस्थापक समूहका शेयरधनीका नाममा रहेका २१ लाख ३६ हजार कित्ता सेयर २१ हजार ३६० कित्ता मात्र कायम रहनेछन् । यस्तै १२ हजार ८८४ कित्ता शेयर भएका शेयरधनीको शेयर संख्या घटेर १२६ कित्ता मात्र रहनेछ । बैंकले अवैधानिक रूपमा चुक्ता देखाइएको पुँजी हटाइएपछि वास्तविक चुक्ता पुँजीअनुसार पुनः संरचना मिलाइने छ ।

















