Dhulikhel Eco Banner new

प्रतितोला ७ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.78K
shares

काठमाडौं, ४ मंसिर । स्थानीय बजारमा बिहीवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला २ लाख ४२ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार ७ सयले बढेर तोलामा २ लाख ४३ हजारमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मुल्य पनि ३५ रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ३ हजार १५० रुपैयामा कारोबार भएको चाँदीको मुल्य बिहीवार तोलामा ३ हजार १८५ रुपैयामा कायम भएको छ ।