कसरी छानिन्छन् गभर्नर ?
वि.सं.२०८१ असार १३ बिहीवार ०६:००
shares

काठमाडौं, १३ असार । कुनै पनि मुलुकमा सरकारको बैंकका रुपमा त्यहाँको केन्द्रीय बैंकले काम गरेको हुन्छ । त्यसैले केन्द्रीय बैंक संचालनका लागि दक्ष गभर्नरको आवस्यकता हुन्छ । नेपालमा सरकारको बैंक र बैंकहरुको पनि बैंकको रुपमा नेपाल राष्ट्र बैंकले काम गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय भएकाले गभर्नर छानिने प्रक्रिया, काम कर्तव्य र अधिकारका विषयमा सबैले जानकारी राख्नु पर्छ ।
कसरी छानिन्छन् गभर्नर ?
गभर्नर छान्न एउटा समिति गठन गरीन्छ । गभर्नर सिफारिस गर्ने समितिको अध्यक्षमा अर्थमन्त्री रहेका हुन्छन् । समितिबाट सिफारिस भएकाहरु बाट एक जनालाई नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ । समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक तथा वित्तीय क्षेत्रमा विज्ञ ब्यक्तिहरूबाट दुईजना छान्नेछन् भने राष्ट्र बैंकका डेपुटी गभर्नरहरु बाट एक जना छान्नेछन् ।
यसरी समितिले कुल ३ जनाको नाम सिफारीस गरी मन्त्रिपरिषदमा पठाउँछ र परिषदले तिनै सिफारिस नामबाट एक जनाको नाम स्वीकृत गरी गभर्नर नियुक्त गर्छ । नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना पहिला नियुक्त गरी सार्जजनिक रुपमा प्रकाशन तथा प्रसारण गरेको हुन्छ । यसरी नियुक्त भएका गभर्नरको आफ्नै काम कर्तव्य र अधिकार हुन्छ । ऐनले व्यवस्था गरे अनुसारका कामहरु गभर्नरले गर्नु पर्ने हुन्छ ।



















