कसरी गरिन्छ बुक क्लोज ?
वि.सं.२०८१ असार १६ आइतवार १०:४९
shares

काठमाडौं, १६ असार । कम्पनीहरुले शेयरधनीहरुको रेकर्ड अद्यावधिक राख्ने रजिस्टर शेयरधनी दर्ता किताब हो । कम्पनीहरुले ऐनको व्यवस्थाअनुसार निश्चित अवधिका लागि शेयर दाखिल खारेज तथा नामसारी नहुने गरीसेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्छन् ।
कम्पनीहरुले विशेष गरी कुन मितिसम्म कायम रहेका शेयरवालाहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांश÷बोनस शेयररहकप्रद शेयर जस्ता प्रतिफलहरु प्रदान गर्ने भन्ने सम्बन्धमा निर्क्यौल गर्नका लागि यसरी दर्ता किताब बन्द गर्छन् । यसरी दर्ता किताव बन्द भएको अवधिमा पनि शेयर खरिद विक्री गर्न सकिन्छ ।
बुक क्लोज भएको अवधिमा खरिद गर्ने लगानीकर्ताले सम्बन्धित कम्पनीले दर्ता किताब बन्द हुनु भन्दा अघि घोषणा भएका लाभहरु भने प्राप्त गर्न सक्दैनन । त्यसैले धितोपत्र खरिद गर्ने लगानीकर्ता यो विषयमा चनाखो हुनुपर्छ ।

















