Dhulikhel Eco Banner new

के हो निक्षेप सुरक्षण ?

3.19K
shares

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दति खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो ।

हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ३ लाखसम्मको रकमको सुरक्षण गरिएकोमा त्यसलाई बढाएर पाँच लाख पुर्‍याइएको छ । नेपाल सरकार, अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित हुँदै १ साउन २०७९ देखि निक्षेप बीमाको सीमा ५ लाख पु¥याइएको हो । यसअघि ३ लाख रुपैयाँको निक्षेपको सुरक्षण हुने गरेको थियो ।