Dhulikhel Eco Banner new

बजेट त राम्रो आयो, अब कार्यान्वयन पनि राम्रो हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

9.62K
shares

काठमाडौं, १८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट सकारात्मक र स्वागत योग्य रहेको बताएका छन् । खासगरी निजी क्षेत्रबाट दिइएका सुझावहरु धेरै समेटिएको भन्दै उनले सरकारलाई धन्यबाद दिए ।

‘हामीले एउटा खाका कोरेर सरकारलाई जस्तो सुझाव दिएका थियौं, त्यो विषय समेटिएको छ’ अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले आयात घटाउने र निर्यात बढाउने नीति लिएको छ त्यो स्वागत योग्य रहेको छ ।’

अर्थमन्त्री जनार्दान शर्मालाई दिएको लिखित प्रतिवेदनमा साना उद्योकाको कुरा भने छुटेको उनले बताए । उनले भने, ‘हामीले दिएको सुझावह धेरै समेटिएका छन् तर, साना तथा मझोला उद्योगलाई समेटिएको छैन ।’

केन्द्रको बजेटले नसमेटिएको कुरा प्रदेश र स्थानीय तहको बजेटमा समावेश हुनुपर्ने उनको माग छ । यसका लागि महासंघले आवाज उठाउने समेत उनले बताए ।