जुँगे काजी रम सार्वजनिकः १८औँ शताब्दीको नेपाली इतिहासलाई सिनेमाई भव्यतामा पुनर्जीवित गर्दै
वि.सं.२०८२ पुस २७ आइतवार १०:३६
shares

हजुरआमा कहिलेकाहीँ सम्झनाहरुमा हराउछिन—कालो भादगाउँले टोपी सुम्सुम्याउँदै अनि त्यो पुरानो तस्बिरतिर हेर्दै । ती आँखामा विगतका दिनहरू प्रष्ट झल्किन्छन् । आफ्नो बुवाको फोटो फ्रेम नियाल्दै, उनी आफ्नै प्रतिबिम्बसँग हल्का मुस्कान साट्नुहुन्छ, र धेरै वर्षदेखि लुकिरहेका कथाहरू विस्तारै सतहमा आउन थाल्छन् ।
कथा त्यो समयको हो जुनबेला जहाँनिया शासनले बोली र व्यवहारमा कठोर बन्देज लगाएर अन्यायको गाँठो कस्दै गइरहेको थियो । वर्षौं त्यही शासनका सेवक रहेका काजीको कर्तव्यबोधले अन्ततः एक दिन उनको विवेकको अगाडि घुँडा टेक्यो — र उनले अत्याचार गर्नेहरूको सेवा अब कहिल्यै नगर्ने निर्णय लिए ।
काजी गहिरो निराशामा डुबे र जीवनको सबैभन्दा कठिन मोडमा पुगे, तर उनको दृढताले भने उनलाई नयाँ किसिमको स्वतन्त्रताको बाटोतिर धकेल्न थालिसकेको थियो।
राणाशासनले देशमाथिको आफ्नो नियन्त्रणलाई गहिरो पार्दै लगेको पृष्ठभूमिमा विदेशी मदिरा गाउँगाउँ छिर्न थालिसकेका थिए । काजीको गाउँ पनि त्यसबाट अलग रहन सकेन ।
विदेशी मदिराको प्रभावले गाउँलेहरूको पहिचान र गौरवमाथि बढ्दै गएको खतरा काजीले बुझिसकेका थिए । यो मौन खतरालाई चुनौती दिन काजी रैथाने ज्ञान र स्थानीय स्रोतसाधन प्रयोग गर्दै मदिरा बनाउने सम्भावना खोज्न थाले।
वर्षौँको परीक्षण, असफलता र निरन्तर अभ्यासपछि, काजी अन्ततः त्यस्तो मिश्रणसम्म पुगे, जसप्रति उनी गर्व गर्न सक्थे।















